ad ad

समाज


राशिफल २३ साउन : नयाँ अवसर आउनाले कन्याको मन प्रसन्न हुने, तुलाको प्रेम कसिलो बन्ने, तपाईँको के?

राशिफल २३ साउन : नयाँ अवसर आउनाले कन्याको मन प्रसन्न हुने, तुलाको प्रेम कसिलो बन्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २३, २०८१ बुधबार ४:३६, काठमाडौँ

आज बुधबार, २३ साउन २०८१ (७ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : स्वास्थ्यमा समस्या आउन सक्छ। सरकारी निकायको भय रहला। नियमित खर्च बढ्नेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा पनि ५०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष : रोकिएका काम पुनः सुरु हुन सक्छन्। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ कालो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४० र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

मिथुन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ काम सुरु गर्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आँटे-ताकेको पूरा होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि लाभदायक समय छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।

कर्कट : महत्त्वपूर्ण कामको थालनी हुनेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन। समयको सही सदुपयोग हुनेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

सिंह : लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। कडा परिश्रम व्यर्थै खेर जानेछ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। कताकता स्मरण शक्ति कमी भएको आभास हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कन्या : दिन कर्म प्रधान रहेको छ। नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाट अर्थपूर्ण रहला। कहीँकतैबाट उपहार प्राप्त हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख नदिने।

तुला : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सेयर बजारमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। रोकिएका कार्यको पुन: थालनी हुनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्यारो साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाब लिने। छलकपट नगर्ने।

धनु : लाभहानि बराबरी हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। मनमा दुबिधा उत्पन्न होला। यात्रा गर्दा मालसामान हराउन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चिताएको कामले तीव्रता लिनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४६, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कुम्भ : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : अपेक्षाकृत सफलता हात पर्नेछ। तर्क र विवादमा राम्रो  सफलता मिल्नेछ। नोकरी गर्नेले सम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक एवं सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .