जबरजस्ती करणी गरेको आरोपमा काठमाडौँको कपनबाट एक जना पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–६ महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
ती व्यक्तिमाथि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
357
Shares
प्रतिक्रिया