ad ad

समाज


कन्यालाई नयाँ काम जुर्ने, तुलाले वस्त्र उपहार पाउने, तपाईँको के? हेर्नुस् १४ साउनको राशिफल

कन्यालाई नयाँ काम जुर्ने, तुलाले वस्त्र उपहार पाउने, तपाईँको के? हेर्नुस् १४ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन १४, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, १४ साउन २०८१ (२९ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। तर, प्रशासनिक निकायको भय रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन्। धेरै प्रयत्नपछि साँझमा कार्य सम्पादन हुन सक्छ। भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : टाढाको यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। सुखदुःख बराबरी खालको समय रहनेछ। बेलुकीपख कामबाट फुर्सद मिल्दा पारिवारिक जमघटमा रमाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : रोकिएका काम सुचारु हुनेछन्। सहयोगीले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : कार्य सिद्धिको योग छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : धार्मिक यात्राको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .