प्रशान्त महासागरमा गतहप्ता चीनले युद्धपोतबाट अमेरिकी विमानमा लेजर आक्रमण गरेका बताउँदै अमेरिकाले उक्त कार्य असुरक्षित र अव्यावसायिक भएको प्रतिक्रिया जनाएको छ।
अमेरिकी नौसेनाको विज्ञप्तीमा भनिएको छ,‘लेजर हतियारले युद्धपोत, विमान तथा त्यहाँ बसेका मानिसलाई साथै विमान र जहाजको प्रणालीलाई नै गम्भीर क्षति पुर्याउनसक्छ।’
लेजर हतियार प्रकाशको गतिमा दौडनसक्छ र आक्रमण गर्न चाहेको बस्तुलाई सजिलै निशाना बनाउनसक्छ। एजेन्सी
प्रतिक्रिया