ad ad

समाज


कुवेत पुर्‍याएर मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

कुवेत पुर्‍याएर मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

नेपालखबर
साउन ३, २०८१ बिहिबार १३:२२, काठमाडौँ

कुबेत पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीया कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। 

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार रूपैयाँसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिएर दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। 

त्यस्तै, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याएर बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ।

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .