गायक यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमबीच गीतको भिडिओ सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ। यस भिडिओमा गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ। गायक यश कुमार पनि भिडिओमा अतिथि भूमिका देखिएका छन्।
यो गीतको भिडिओलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। निकेशको यशसँग पाँचौँ सहकार्य हो।
‘हिरो’ बोलको गीतमार्फत यश कुमारले आत्महत्या दुरुत्साहनको मुद्दालाई उठान गरेका छन्।
पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका घटनाहरु बढेकाले पनि यो मुद्दा उठाएर गीत निर्माण गरेको उनले बताए।
हरि हुँमागाईको खिँचेको भिडिओलाई बिकास धमलाले सम्पादन गरेका हुन्।
यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत ‘हिजो अर्कैसँग देखेको’ फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए।
Shares
प्रतिक्रिया