ad ad

समाज


आफूलाई कोरोना लागेको सूचना दिनेलाई १४ सय डलर पुरस्कार

आफूलाई कोरोना लागेको सूचना दिनेलाई १४ सय डलर पुरस्कार

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १४:२०,

चीनमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न अनेकौँ प्रयास भइरहेका छन्। कयौँ सहरमा आवातजावत ठप्प गरिएको छ, मानिसहरु रोग सर्ला भन्ने डरले अलग्गै बसिरहेका छन्।

तर कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको हुबेई प्रान्तस्थित चियानजियाङ सहरले भने प्रकोप रोक्न अनौठो कदम चालेको छ। सो सहरमा आफूलाई संक्रमण भएको भनेर सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्न थालिएको छ, त्यो पनि नगद।

आफूमा कोरोनाको लक्षण देखिएको सूचना दिने व्यक्तिलाई परीक्षणबाट संक्रमण भएको ठहरिए १० हजार युआन अर्थात १४ सय २६ अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ।

कोरोना पुष्टि नभएका बिरामीले २ सय ८५ डलर पाउँछन्। त्यस्तै, रोग पत्ता नलागे पनि तिनले १ सय ४२ डलर पाउँछन्।

यो व्यवस्था बिहीबारबाट लागू गरिएको हो।

चियानजियाङ सहरमा हालसम्म एक सय ९७ जना संक्रमित भइसकेका छन्। जहाँ ९ जनाको ज्यान गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .