ad ad

समाज


आफ्ना निवासका सुरक्षा प्रमुखको मृत्युले शोकमा ओली

आफ्ना निवासका सुरक्षा प्रमुखको मृत्युले शोकमा ओली

सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापा


नेपालखबर
असार २२, २०८१ शनिबार २०:५२, काठमाडौँ

भक्तपुरको बालकोटस्थित आफ्नो निवासका सुरक्षा प्रमुखको आकस्मिक मृत्युले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्तब्ध भएका छन्।  

ओली निवासको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति निधन भएको हो। प्रहरीका अनुसार भक्तपुरको गुन्डुस्थित आफ्नै घरमा सुतिरहेका बेला हृदयाघात भएपछि उनलाई भक्तपुर अस्पताल पुर्‍याइएको थियो। तर लानासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। 

‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार। सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ’, एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा इन्स्पेक्टर थापाको तस्बिर राख्दै लेखेका छन्, ‘हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो।  परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

पोस्टमार्टमका लागि थापाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। रिपोर्ट आएपछि उनको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ। 

पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .