ad ad

समाज


फ्रान्स पठाईदिने बहानामा महिलाले ठगिन् ३८ लाख

फ्रान्स पठाईदिने बहानामा महिलाले ठगिन् ३८ लाख

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ९:४,

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै एक महिलाले तीन जना व्यक्तिसँग ३८ लाख उठाएर ठगी गरेकी छन्। ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको साविक दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पुर्णिमा श्रीष छन्।

उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारेर तीन जनाबाट सो रकम लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

पीडित शिर बहादुर थापा समेतले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .