ad ad

समाज


७ दिनभित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई महानगरको अल्टिमेटम

७ दिनभित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई महानगरको अल्टिमेटम

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:२१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ।

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गर्न निर्देशन दिएको हो।

सात दिनभित्र व्यवसायिक प्रयोजनका सटर खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ।

अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए।

उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए। सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए।

उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ। ति कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन्। उनीहरूको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ। सात दिनको म्याद दिएका छौँ सामान सार्न। त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ। विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो।’

महानगरले आइतवारबाट यस अभियान अघि बढाएको हो। यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .