मौसम बदली र वर्षा हुन कम भएसँगै फेरि देशभर तापक्रम बढ्न थालेको छ।
तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो आसपास पुगेको छ भने कतिपय ठाउँमा त ४० डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार कैलालीको धनगढीमा सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको छ। यसपछि बाँकेको नेपालगन्जमा ४२.२८ डिग्री सेल्सियस अधिकतम तापक्रम पुगेको छ।
काठमाडौँ उपत्यकामा समेत बुधबार अधिकतम ३३.२ डिग्री सेल्सिय पुगेको छ।
हेर्नुहोस् देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम
दिपायल (डोटी): अधिकतम ३९.२, न्यूनतम २१.६
डडेल्धुरा: अधिकतम ३१.४, न्यूनतम १६.२
धनगढी (कैलाली): अधिकतम ४३.३, न्यूनतम २८.४
वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३९.७, न्यूनतम २३.७
नेपालगन्ज (बाँके): अधिकतम ४२.८, न्यूनतम २८.५
जुम्ला: अधिकतम २९.४, न्यूनतम १२.२
घोराही (दाङ): अधिकतम ३९.५, न्यूनतम २५.४
पोखरा (कास्की): अधिकतम ३३.४, न्यूनतम २१.०
भैरहवा (रुपन्देही): अधिकतम ३९.७, न्यूनतम २८.०
सिमरा (बारा): अधिकतम ३९.७, न्यूनतम २७.५
काठमाडौँ: अधिकतम ३३.२, न्यूनतम १९.१
ओखलढुंगा: अधिकतम २९.२, न्यूनतम १८.३
ताप्लेजुङ: अधिकतम २८.८, न्यूनतम १८.८
धनकुटा: अधिकतम ३२.७, न्यूनतम २१.४
विराटनगर (मोरङ): अधिकतम ३६.६, न्यूनतम २८.८
जनकपुर (धनुषा): अधिकतम ३९.८, न्यूनतम २९.०
मुस्ताङ (जोमसोम): अधिकतम २४.०, न्यूनतम १२.०
सुनसरी (धरान): अधिकतम ३६.०, न्यूनतम २८.०
कास्की (लुम्ले): अधिकतम २७.०, न्यूनतम १७.३
दोलखा (जिरी): अधिकतम २६.३, न्यूनतम १०.४
स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares
प्रतिक्रिया