बैंगलौर नेसनल हाइवेमा बस दुर्घटना भएको द हिन्दुले जनाएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्।
नेपालको सुनसरी जिल्लाबाट ३४ जना सवार बस भारतको तिर्थयात्रामा जाने क्रममा दुर्घटनामा परेको भारतीय प्रहरीले बताएका छन्।
मृतकमध्ये ३ जनाको सनाखत भएको छ। ५६ वर्षका गोपाल तामाङ, ५५ वर्षका फितासारी चौधरी र ६० वर्षका बिष्णु दाहालको सनाखत भएको हो।
तिर्थयात्रीहरु गत फेब्रुअरी ६ मा ३५ दिने तिर्थयात्राका लागि भारत पुगेको बताइएको छ।
प्रतिक्रिया