इलाम र बझाङमा हुन लागेकाे उपनिर्वाचनको मौन अवधि सुरु भएको छ।
यही वैशाख १५ गते (आगामी शनिबार) उपचुनाव हुने इलाम र बझाङका निर्वाचन क्षेत्रमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभाबाट ०७९ काे निर्वाचनमा विजयी भएका जनप्रतिनिधिकाे निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन हुने क्षेत्रमा बुधबार रातिदेखि नै मौन अवधि सुरू भएको छ र निर्वाचन नसकिँदासम्म ती क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ।
इलाम-२ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो।
बझाङ-१ (क)मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको छ।
हेर्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति
Shares
प्रतिक्रिया