ad ad

समाज


जापानी पानीजहाजमा फसेका यात्रुलाई कोरोनाबारे जानकारी दिन २ हजार आइफोन बाँडियो

जापानी पानीजहाजमा फसेका यात्रुलाई कोरोनाबारे जानकारी दिन २ हजार आइफोन बाँडियो

नेपालखबर
फागुन ४, २०७६ आइतबार ९:२१,

जापानको डायमोन्ड क्रुज पानीजहाजमा आइतबारसम्म ३ सय ५५ यात्रुमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जहाँ चिनियाँ, अमेरिकी तथा क्यानडाका सयौं नागरिक पनि फसेका छन्। जापानले कोरोना फैलने त्रासपछि पानीजहाजलाई नै क्वारेन्टाइन बनाएको छ।

यात्रुलाई जहाजबाट तल झर्न दिइएको छैन। यसबीचमा कोरोनाबारे जानकारी दिनका लागि जापान सरकारले त्यहाँका यात्रुहरुलाई २ हजार आइफोन बाँडेका हन्।

Image

प्रत्येक क्याबिनमा आइफोन दिइएकाले सबैलाई कोरोनाबारे जानकारी पुग्ने विश्वास व्यक्त गरिएको छ।

बिजनेस इन्साइडरका अनुसार उक्त आइफोनहरुमा स्वास्थ्य सम्बन्धी जानकारीहरु प्रदान गर्ने एप्लिकेशनहरु डाउनलोड गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .