ad ad

समाज


साउदी गठबन्धनको युद्धक विमान दुर्घटनाग्रस्त, ३१ सर्वसाधारण मारिए

साउदी गठबन्धनको युद्धक विमान दुर्घटनाग्रस्त, ३१ सर्वसाधारण मारिए

नेपालखबर
फागुन ४, २०७६ आइतबार ६:४१,

यमनको उत्तरी प्रान्त अल–जफमा विमान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

गठबन्धनका प्रवक्ताले साउदी टोर्नेडो फाइटर जेट यमनको सेनाको क्याम्प नजिकै दुर्घटनामा परेको पुष्टि गरेको एसपीए समाचार संस्थाले जनाएको छ।

यमनका हुथी विद्रोहीले शुक्रबार राति एक विमान आफूले खसाएको दाबी गरेका थिए।

अल–जाफमा शनिबारको गोलाबारीमा ३१ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बताएको छ।

युद्धको पृष्ठभूमि

सन् २०१५ यता जब हुथी विद्रोहीले राष्ट्रपति अब्राबु मनसुर हादी र उनका मन्त्रीमण्डललाई राजधानी सानाबाट लखेटे त्यसयता यमनमा युद्ध सुरु भएको हो।

त्यसपछि साउदी अरेबियाले राष्ट्रपति हादीको समर्थनमा अन्य क्षेत्रीय देशलाई आफ्नो पक्षमा पारेर हुथीविरुद्ध आक्रमण गर्दै आएका छन्।

साउदी गठबन्धले दैनिक जसो हुथीविरुद्ध आक्रमण गर्दै आएका छन्। यस्तै हुथीले पनि साउदी अरबमा क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्।

यस गृहयुद्धले विश्वमा खराब मानवअधिकारको संकट निम्त्याएको छ। हाल यमनका ८० प्रतिशत जनसंख्या २४ मिलियन मानिसहरुलाई मानविय सहायता र सुरक्षा चाहिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .