३२ वर्षकी डाक्टर श्रीमतीलाई ती पुरुषले वैवाहिक सम्बन्ध गाँस्ने वेबसाइटमार्फत् भेटेका थिए।
कोलकात्ताकी ती महिलाले विवाह अगाडि श्रीमानलाई आफूले पहिले पनि एकजनासँग प्रेम गरेको बताएकी थिइन्।
महिलाले श्रीमानलाई पोर्न हेर्न कर गरिरहन्थिन् पनि जुन विषय ती पुरुषलाई मन परेको थिएन।
तर जब ती पुरुषले श्रीमतीलाई नै अर्को पुरुषसँग यौनसम्पर्क गरिरहेको देखे त्यसबेलाबाट समस्या सुरु भयो।
पहिले महिलाले आफूले पूर्वप्रेमीसँग यौनसम्पर्क गरेको स्वीकार गरिन्। भिडियोमा देखिएका पुरुषले सोही भिडियो देखाएर ब्ल्याकमेल गरेको बताइन्।
यस विषयमा महिलाकी श्रीमानले माफी दिए। तर श्रीमतीको अर्को भिडियो अर्को व्यक्तिसँग पनि पोर्न साइटमा फेला परेपछि भने श्रीमान चुप लाग्न सकेनन्।
श्रीमानले सम्बन्ध विच्छेद गर्ने बताइरहँदा हाल महिलाले प्रहरीमा वैवाहिक जीवन बचाउनु पर्यो भनेर खबर गरेकी छिन्। टाइम्स अफ इन्डिया
प्रतिक्रिया