ad ad

समाज


रसुवामा भूकम्प

रसुवामा भूकम्प

नेपालखबर
चैत ४, २०८० आइतबार १०:४१, काठमाडौँ

रसुवामा आज (आइतबार) बिहान भूकम्प गएको छ।

बिहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

रसुवाको जुरेढुंगा आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘यो २०७२ मा गएको महाभूकम्पकै परकम्प हो।’ 

२०७२ वैशाख १२ गते गोरखाको बारपार्क केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। जसमा परी झन्डै ९ हजार जनाको मृत्यु भएको थियो भने २२ हजार जना घाइते भएका थिए। अनि ३५ लाख मानिस घरबारविहिन भएका थिए। 

उक्त महाभूकम्पबाट केन्द्रबिन्दु गोरखासहित धादिङ, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुरलगायत १४ जिल्ला बढी प्रभावित भएका थिए।  

त्यसयता उक्त भूकम्पका परकम्प ५५ हजारभन्दा बढी पटक गइसकेको भूकम्पविद् बताउँछन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .