ad ad

समाज


महरासहित प्रतिवेदनले औँल्याएकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

महरासहित प्रतिवेदनले औँल्याएकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहसचिव, प्रहरी महानिरीक्षक वसन्त र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री लामिछाने।


नेपालखबर
चैत ४, २०८० आइतबार ११:१२, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन्। 

मन्त्रालयमा केही समयअघि भएको छलफलमा मन्त्री लामिछानेले मा‌ओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .