जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।
महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार बिहान आफैँलाई गोली हानेका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।
‘पेटमा गोली लागेर गम्भीर घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाएका छौँ,’ सिग्देलले भनिन्।
रायले आफैँलाई गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया