ad ad

समाज


सिंहको धनार्जन योग, वृश्चिकलाई रोजगारी मिल्ने : फागुन २५ को राशिफल

सिंहको धनार्जन योग, वृश्चिकलाई रोजगारी मिल्ने : फागुन २५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २५, २०८० शुक्रबार ४:४९, काठमाडौँ

आज शुक्रबार, २५ फागुन २०८० (८ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयपछि आफन्तसँग भेटघाट हुनुका साथै साथ-सहयोग मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

वृष : सामूहिक तथा रमाइलो यात्रा हुनेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्नु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग फलदायी छैन।

मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। लाभ-हानि, आय-व्यय बराबरी खालको दिन छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्ध यथावत् रहनेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४७, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्दा अधिक सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

कर्कट : शुभ समाचार सुन्न पाइएला। घरमा अतिथिको आगमन हुनेछ। शुभकार्यमा सरिक हुन सकिनेछ। प्रेमीप्रेमिका तथा मित्रबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। यात्राको योग बढी नै भए पनि त्यति फलदायी छैन। त्यसैले भरिसक्के लामो यात्रा नगर्दा बेस।

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। दैनिक कार्यमा सफलता पाइनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ९ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा फलदायी छैन।

कन्या : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। समाजमा प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग फलदायी छैन।

तुला : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछन्।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, वैदेशिक कार्यमा ७० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै मातापिताको आशीर्वाद लिने र महत्त्वपूर्ण काम गर्दा सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। नयाँ काममा हात हाल्ने समय पनि छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७६, वैदेशिक कार्यमा ८० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

धनु : धार्मिक आस्था बढेर जानेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

मकर : कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक कार्यमा मन जाला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो वा हल्का रातो हो भने भाग्यशाली अङ्क ३ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

कुम्भ : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ। आर्थिक लेनदेनमा समस्या देखा पर्ला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा शुभ समाचार पाइनाले मन खुसी हुनेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङ्ग खासै फाप्ने देखिँदैन, भरसक प्रयोग नगरेको राम्रो।

मीन : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। मठमन्दिरको भ्रमण हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ७९, व्यापारमा ८१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। उत्तर दिशातर्फको यात्रा फलदायी देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .