सीएफमोटोका एटीभी/एसएसभीका राइडरहरुको चार दिने एडभेन्चर राइड यही फागुन २५ गतेदेखि २८ गतेसम्म हुने भएको छ।
सीएफ मोटोका बहुउपयोगी ट्राक्टरहरु विश्वप्रसिद्ध छन् भने नेपालमा पनि यसको उत्तिकै क्रेज छ।
यस्ता एडभेन्चर राइडहरुमा सहभागिता जनाउँदा साहसिक यात्राको साथसाथै भाइचाराको बलियो उदाहरण विश्वलाई दिन सकिने विश्वासको साथ उक्त राइड आयोजना गरिएको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा सहभागी जनाउन राइडरहरु फागुन ७ गते काठमाडौंबाट मनाङ्गको लागि प्रस्थान गरिसकेका छन्। यो क्वाड बाइकहरुको राइड हो। पछिल्लो समय विश्वमा क्वाड बाइकहरुको बिक्री बढिरहेको छ।
सन् २०२३ मा विश्वभर यस्ता क्वाड बाइकहरुको वार्षिक बिक्री ७ लाख युनिट छ भने यसको बढी बिक्री उत्तर अमेरिका, युरोप र ल्याटिन अमेरिकामा छ। विश्वभर यस्ता मल्टिपर्पस युटिलिटी ट्राक्टरको बिक्रीको आधारमा दशौँ स्थानभित्र सीएफमोटो पर्ने कम्पनीले जनाएको छ।
सीएफमोटोले सय बढी देशमा ३ हजार बढी डिलर सञ्जालमार्फत बजारमा बलियो उपस्थिति जनाएको छ।
हाल रिलायन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता छ। कम्पनीले २०१९ सालमा आयोजना भएको नाडा अटो शोमार्फत आफ्नो पहिलो मोडेल जेट फोर्स ५०० ईएक्स, साइड बाई साइड (एसएसभी) नेपाली बजारमा भित्र्याएको थियो।
कम्पनीले उक्त मोडलपश्चात् ग्राहकको चाहना र आवश्यकता अनुसार सीएफमोटोका जेट फोर्स ८०० एसएसभी र सी फोर्स ५२०एल मोडलहरु पनि बजारमा बिक्री वितरण गर्दै आएको छ।
पोखरा, मुस्ताङ्ग, इलाम, नगरकोट र काठमाडौं आसपासका विभिन्न रिसोर्टहरुमा सीएफमोटोका मल्टिपर्पस युटिलिटी ट्राक्टरहरु सञ्चालनमा छन् ।
Shares
प्रतिक्रिया