ad ad

समाज


चितुवाको छाला र भालुको पित्तसहित दुई जना पक्राउ

चितुवाको छाला र भालुको पित्तसहित दुई जना पक्राउ

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:०,

संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मंगलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो।

उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अंगसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकराी दिए।

उनीहरुसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको उनले बताए। उनीहरुले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .