पब्लिक हेल्थ इंगल्यान्डले स्टिभ वालेस कोरोनाभाइरस मुक्त भएको बताएको छ।
यद्यपी उनलाई अहिल्य नै परिवारसँग भेट्न दिइएको छैन। कोरोनाबाट संक्रमणमुक्त भएका स्टिभ पहिलो बेलायती नागरिक हुन्।
मंगलबार बिहान मात्र चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा हालसम्म उपाचारपछि ३ हजार ९९६ जना कोरोनाको संक्रमणबाट मुक्त भएको जानकारी दिएको थियो।
मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ।
चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनबाहिर ४ सयभन्दा बढी कोरोनाबाट संक्रमित छन्। बेलायतमा अहिलेसम्म ८ जना कोरोना संक्रमित छन्।
प्रतिक्रिया