सोमबार स्थानीय स्वास्थ्य अधिकारीले कोरोनाबाट संक्रमित भुक्किएर छाडिएको पुष्टि गरेको सीएनएनले जनाएको छ।
ती व्यक्ति चीनको वुहानबाट अमेरिका फर्काएका पहिलो कोरोना संक्रमित थिए। गतहप्ता उनी अमेरिका फर्काइएका थिए। उनी अस्पतालको क्वारेन्टाइनमा निगरानीमा थिए।
तर सीडीसी टेस्टमा उनमा कारोनाको संक्रमण नदेखिएपछि उनलाई छाडिएको थियो। हाल सान डिएगोको अस्पतालले उनलाई झुक्किएर छाडेको स्वीकार गरेको छ।
यतिबेला फेरि उनलाई क्वारेन्टाइनमा राखिएको छ।
कोरोनाको त्रासपछि अमेरिकाले चीनबाट फर्किएका आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्दै आएको छ।
मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ।
चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
यस्तो अवस्थामा अमेरिकाले चीनबाट अमेरिका आउन चाहने तथा हालै चीनको भ्रमण गर्ने विदेशी नागरिक कसैलाई भिसा नदिने घोषणा गरिसकेको छ।
प्रतिक्रिया