ad ad

समाज


आज वृष राशि हुनेको स्वास्थ्य सबैभन्दा बलियो, सम्पूर्ण भाग्याङ्कमा भने मेष अगाडि : हेर्नुस् फागुन ८ को राशिफल

आज वृष राशि हुनेको स्वास्थ्य सबैभन्दा बलियो, सम्पूर्ण भाग्याङ्कमा भने मेष अगाडि : हेर्नुस् फागुन ८ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ८, २०८० मंगलबार ५:७, काठमाडौँ

आज मंगलबार, ८ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २० फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्दा चाहेको फल प्राप्ति हुनेछ। खरानी रङ्गको प्रयोग नगर्नु बेस हुन्छ।

वृष : रमाइलो र टाढा यात्राको सम्भावना छ। महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो र भाग्यशाली अङ्क ९ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ३७, व्यापारमा ७२, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। आहार विहारमा भने सावधानी अपनाउनु होला।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क पनि ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा गुलाबी रङ्गको प्रयोग चाहिँ त्यति उपयुक्त छैन।

कर्कट : मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन्। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। विश्वासमा कमी आउन सक्छ सचेत रहनुहोला। साँझमा भने मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५७, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। आवेगमा आएर लगानी चाहिँ नगर्नु होला। यसले प्रतिफल नदिने सम्भावना बढी छ।

सिंह : मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ। पुराना साथीभाइसित भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६८, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा नगर्नु होला, त्यति फलदायी छैन।

कन्या : रमाइलो यात्राको योग रहेको छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा बढी फलदायी हुनेछ। दक्षिण दिशाको यात्रा नगर्नु होला।

तुला : रमाइलो यात्राको योग रहेको छ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ। घरजग्गा र भौतिक साधन जुटाउने समय छ। सेयर बजारमा सफलता मिल्ला।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग त्यति राम्रो नभएकोले प्रयोग नगर्नु नै बेस हुन्छ।

वृश्चिक : लाभ-हानि, सुख-दुःख बराबरी खालको दिन छ। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। प्रेम सम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ। सेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला। साँझमा भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३९, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट नबोल्नु होला, यसले बनिसकेको काम पनि बिगार्नेछ।

धनु : स्वविवेकको प्रयोगले कार्यसिद्ध हुनसक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। यसैगरी, प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रजको सुझाव लिएर अघि बढ्दा कार्यसिद्धि हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला। यसले लाभभन्दा बढी हानि गर्नेछ।

मकर : भाग्यले साथ दिनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रोकिएका काम पूरा हुनेछन् तर नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ८४, व्यापारमा ७२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्दा राम्रो हुनेछ। कालो रङ्ग आज त्यति उपयुक्त छैन त्यसैले प्रयोग नगरेकै बेस।

कुम्भ : समस्या दर्साउँदा सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन्। नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। छोटो दूरीको लाभदायी यात्रा हुनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ३५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला, यसले हानि मात्र गर्नेछ।

मीन : विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। काम बिगार्नेहरू सक्रिय रहनेछन्। नाक तथा घाँटीमा समस्या आउन सक्छ। नियमित खर्च समेत बढ्ने योग छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। आज यात्रा फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .