पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (बिहीबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकिनुलाई आंशिक बदली भनिन्छ भने २५ प्रतिशत आकाशमा मात्र बादल छ भने त्यसलाई मुख्यतया मौसम सफा मानिन्छ।
Shares
प्रतिक्रिया