ad ad

समाज


विदेशको तयारीमा हुनुहुन्छ? कुनलाई कस्तो? हेर्नुस् माघ २८ को राशिफल

विदेशको तयारीमा हुनुहुन्छ? कुनलाई कस्तो? हेर्नुस् माघ २८ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २८, २०८० आइतबार ५:९, काठमाडौँ

आज २८ माघ २०८०, आइतबार। अंग्रेजी पात्रोअनुसार ११ फेब्रुअरी २०२४। सधैँ झैँ आज पनि विभिन्न शीर्षकका भाग्याङ्क सहित दैनिक राशिफल पस्केका छौँ। हेर्नुस् कुन राशिको भाग्याङ्क कति-


मेष : कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। व्यापार र पेसा-व्यवसायका क्षेत्रमा प्रगतिको वातावरण बन्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ।

मेष राशिको आज भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ५ रहेको छ।

त्यस्तै, आज प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु उपयुक्त हुन्छ।

वृष : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ हो।

यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

साथै, स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान्‌ शंकरजीको दर्शन गर्नाले मनले चिताएको पुग्नेछ भने तामसिक भोजन नगर्नु होला।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

यो राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ हो।

त्यस्तै, प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता तथा यात्राको योग ७२/७२ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

यो राशि हुने आज निमुखा प्राणीलाई खानेकुरा दिने र छलकपट नगर्ने।

कर्कट : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन भावुक र उत्ताउलो बन्ने हुनाले अनुशासित र संयम बनाउनु पर्छ। अनावश्यक धन खर्च हुनेछ तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। निराशाको अनुभव नगरी लागि पर्दा भने राम्रो हुनेछ।

कर्कट राशिको आज भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क ७ रहेको छ। 

प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानाले साइत पर्नेछ तर भरिसक्के लामो यात्रा चाहिँ नगर्ने।

सिंह : साथीको सहयोग र हौसला मिल्नेछ। लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। मनोरञ्जनमा  सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ। मानसम्मान पाइन सक्छ।

सिंह राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ।

प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७९, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिने र निलो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। प्राविधिक कार्यमा लगाव बढ्नेछ तर वैदेशिक कार्य भने कमजोर रहनेछ। झैझगडा एवं मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ।

त्यस्तै, प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता पनि ७२ प्रतिशत नै रहेको छ भने यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज हनुमानजीको दर्शन गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा भने नगरेकै बेस।

तुला : धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

यो राशि हुनेको आज भाग्यशाली रङ्ग खैरो रहेको छ भने भाग्यशाली अङ्क ५ हो।

प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्नु मनासिब देखिन्छ। छलकपट गरेमा भने आफैँ फसिनेछ।

वृश्चिक : विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपान र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा भने कुनै समाचारले मन खुसी रहला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ९ रहेको छ।

प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४५, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ८० र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज प्यासीलाई पानी दिने र सजिलै अरूको विश्वास नगर्ने।

धनु : आजबाट नयाँ र शुभ कार्यको योजना बनाउने तथा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

धनु राशिको आजको भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ३ हो।

प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, आज स्वास्थ्यले ५५ प्रतिशत साथ दिनेछ भने यात्रा गर्ने सम्भावना ५० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्दा  सफलताको दर बढ्नेछ भने छलकपट गर्नाले काम बिग्रन सक्छ।

मकर : नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ। प्रणय सम्बन्धको लागि पनि राम्रो समय रहेको छ। सेयर बजारबाट लाभ लिन सकिन्छ।

भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७ र सेयर बजारमा ५९ प्रतिशत सफलता मिल्नेछ।

वैदेशिक कार्यको सुरुआत गर्न खोज्दै हुनुहुन्छ भने दिन त्यति राम्रो छैन। यो कार्य आज नगर्दा पनि हुनेछ भने अर्को दिनलाई थाँती राख्दा राम्रो हुन्छ किनकि मकर राशिको आज वैदेशिक कार्यमा भाग्याङ्क जम्मा १ प्रतिशत रहेको छ।

यसैगरी यो राशि हुनेलाई आज शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ८५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु उपयुक्त देखिन्छ। खैरो रङ्गको भने प्रयोग नगर्नु होला। 

कुम्भ : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ।

यो राशिको आज भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ। 

प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ६२, यात्राको सम्भावना ७१ र सम्पूर्ण भाग्याङ्क पनि ७१ प्रतिशत नै रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खाएर निस्केमा लक्ष्यमा पुग्न सकिनेछ भने सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला। 

मीन : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। स्वास्थ्यप्रति सजग रहनु नै बुद्धिमानी हुनेछ। मन दोधार हुन सक्छ।

मीन राशिको आज भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ हो।

प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४९ प्रतिशत सफल हुने देखिन्छ।

व्यापार, सेयर बजार लगायतमा आजको दिन त्यति राम्रो नदेखिए पनि स्वास्थ्यले भने साथ दिने देखिन्छ। यो राशि हुनेको आज स्वास्थ्य अनुकूलता ७१ प्रतिशतसम्म ठिक रहेको छ भने यात्राको योग ५० प्रतिशत देखिन्छ।सम्पूर्ण भाग्याङ्क भने जम्मा ३८ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विद्यार्थीलाई सहयोग गर्दा राम्रो हुनेछ भने झुटो चाहिँ नबोल्नु होला। झुटो बोलेमा छल्न खोजेको कुराले झन् पछ्याउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .