ad ad

समाज


प्रहरी पुग्दा ‘तपस्वी’ बमजन आश्रमबाटै अलप!

प्रहरी पुग्दा ‘तपस्वी’ बमजन आश्रमबाटै अलप!

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ६:१०,

‘तपस्वी’ रामबहादुर बमजन पक्राउ गर्न भनेर शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी टोली उनलाई फेला पार्न असफल भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको आश्रममा बमजन छन् भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीलाई उनलाई त्यहाँ फेला पार्न नसकेको हो।

‘जहाँ उनी छन् भन्ने सूचना पाइएको थियो, प्रहरी टोली पुग्दा उनी भेटिएनन्,’ सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसपी रञ्जु सिग्देलले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘सट्टामा आश्रमका एकजना गुरुलाई सोधपुछका लागि प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।’

उनको नाम भने आफूलाई थाहा नभएको उनले बताइन्।

bamjan 11

‘तपस्वी’ बमजन कसरी गायब भए त भन्ने नेपालखबरको प्रश्नमा एसपी सिग्देलले भनिन्, ‘त्यो त कसरी भन्ने? प्रहरी पुग्दा उनी त्यहाँ रहेनछन्, खोजी जारी छ।’

अहिले पनि प्रहरीले उनको व्यापक खोजी गरिरहेको एसपी सिग्देलको भनाइ छ।

बलात्कार, हत्या, व्यक्ति बेपत्ताजस्ता आरोप लागेका बमजनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले बिहीबार दिएको अनुमतिअनुसार उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको उनले जानकारी दिइन्।

‘हामीलाई सर्लाही प्रहरीले गरेको अनुरोधअनुसार पक्राउका लागि प्रहरी खटिएको हो,’ एसपी सिग्देलले भनिन्।

याे पनि : ‘तपस्वी’ बमजन पक्रन प्रहरी बिहानै पुग्यो सिन्धुलीको आश्रम

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .