आफ्नो देश नोबल कोरोना भाइरसको प्रकोपबाट गुज्रिरहेको अवस्थामा उनी दुई दिने छोरी, श्रीमती र परिवारसँग बिदा भएर कोरोना नियन्त्रण अभियानमा जुटेका छन्।
बुधबार डाक्टर हाओ कोरोनाको उद्गमस्थल हुबेई प्रान्ततर्फ प्रस्थान गरेका हुन्। हाओ भन्छन्,‘मलाई छोरी र परिवार छाड्न त मन थिएन तर देशको रक्षाको लागि हामी एक हुनुपर्छ।’
छोरीले ठूलो भएपछि बुबाको यस कार्यको अवश्य प्रशंसा गर्ने हाओ सिन्ह्वासँग बताउँछन्।
हाओ अस्पतालबाटै आफ्नी श्रीमती झाङ साइहोङ र छोरीसँग बिदा भएका थिए। हाओलाई उनको चिकित्सकीय टोलीसँगै स्थानीयले बिदाइ गरेका थिए।
बिहीबारसम्म चीन र अन्य दुई मुलुकमा गरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ।
भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ।
चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।
प्रतिक्रिया