ad ad

समाज


यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

नेपालखबर
माघ २३, २०७६ बिहिबार २:३२,

आज (बिहीबार) मध्य र पूर्व पहाडी भेगमा आंशिक बदली भएको र देशका अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज अपराह्न मध्य र पूर्वी पहाडका एक÷दुई ठाउँमा हल्का वर्षासमेत हुने सम्भावना छ।

‘अन्य स्थानमा भने आज सामान्यतया मौसम सफा नै रहने देखिन्छ,’ बिहीबार बिहान मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘पहाडी भेगबाहेक देशका अन्य क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ।’

पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए। यद्यपि मौसम आंशिक बदली भने हुनेछ। ‘त्यही उपत्यकामा आज कहिले घाम कहिले बादल हुने देखिन्छ,’ मौसमविद् प्रधानांगले भने।

बिहीबार बिहान ५:४५ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस डिग्री छ।

उनका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौमम प्रणाली छैन र आउने १/२ दिनभित्र कुनै किसिमको प्रणाली भित्रिने संकेत पनि देखिएको छैन।

अब मौसम बिस्तारै गर्मीउन्मुख भएको उनको अनुमान छ। यो फेब्रुअरी गएपछि हिउँद याम सकिएर प्रि मनसुन सुरु हुने उनले जानकारी दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .