संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बुधबार दिएको अभिव्यक्ति गैरजिम्मेवार र वर्तमान संविधानविरुद्ध भएको भन्दै नेपाल सन्त समाजले आपत्ति जनाएको छ।
समाजले बिहीबार वक्तव्य निकालेर मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।
मन्त्री किरातीको अभिव्यक्ति ‘नेपाललाई जातीय, धार्मिक, द्वन्द्वमा फसाई आफ्नो साम्राज्य विस्तार गर्ने दुराशय साथ देशद्रोही विधर्मीहरूको भ्रम छर्ने प्रलोभनमा परेका केही स्वार्थी व्यक्तिहरूले बेला-बेला दिने अभिव्यक्तिसँग मिलेको’, आरोप समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र महासचिव डा.गुरुप्रसाद सुवेदीले लगाएका छन्।
किरातीको अभिव्यक्तिले सनातन धर्ममाथि घृणा फैल्याउने काम गरेको पनि समाजले जनाएको छ।
‘उनले बोलेको अनर्गल प्रलापप्रति नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण भएको छ। वर्तमान संविधानको मर्मविरुद्ध सनातन माथि घृणा फैलाउने र धर्मान्तरका लागि दुरुत्साहित गर्ने अभिप्रायले गरिएको सनातन धार्मिक आस्था माथि गरिएको प्रहार हो र यो अक्षम्य अपराध पनि हो’, वक्तव्यमा भनिएको छ।
Shares
प्रतिक्रिया