ad ad

समाज


आगलागीबाट महिलाको मृत्यु

आगलागीबाट महिलाको मृत्यु

नेपालखबर
माघ २१, २०७६ मंगलबार ९:४४,

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ। प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए। आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ। यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए।

आव २०७६/७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ। पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए। गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेको ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .