ad ad

समाज


काठमाडौँको न्यूनतम तापक्रम स्थिर, अधिकतम कति पुग्छ?

काठमाडौँको न्यूनतम तापक्रम स्थिर, अधिकतम कति पुग्छ?

नेपालखबर
पुस ४, २०८० बुधबार ७:१५, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो र आज उस्तै देखिएको छ। 

आज (बुधबार) बिहान ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस छ। 

मंगलबार बिहान पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस नै थियो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार उपत्यकाको यो तापक्रम यस वर्ष अहिलेसम्मकै सबैभन्दा कम हो।

‘काठमाडौँ उपत्यकामा हिजाे र आज न्यूनतम तापक्रम स्थिर छ। यो तापक्रम यस वर्ष अहिलेसम्मकै सबैभन्दा कम हो’, मानन्धरले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘अबका केही दिनमा न्युनतम तापक्रम यो भन्दा अझ तल झर्ने सम्भावना छ।’   

आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसमा रहने अनुमान महाशाखाले गरेको छ। 

तापक्रम घटेसँग देशभरि चिसो बढेको छ। महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।’

काठमाडौँ उपत्यकामा आज आंशिक बदलीको अवस्था छ। काठमाडाैँ उपत्यकामा आज दिनभर छिनछिनमा घाम र बादल लाग्ने क्रम चलिरहने अनुमान महाशाखाले गरेको छ। अहिले काठमाडौँमा पारदर्शिता (भिजिबिलिटी) ५ किलोमिटर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .