अमेरिकाले सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गर्दैै चीन भ्रमण गर्ने विदेशी नागरिकलाई तत्काल भिसा नदिने निर्णय गरेको बीबीसीले जनाएको छ।
दुईहप्ता अगाडिसम्म चीन भ्रमण गरेका विदेशीले भिसा नपाउने बताइएको छ। हाल चीनमा कोरोना भाइरसको महामारी फैलिएको छ।
सोही महामारीबाट बच्न अमेरिकाले नयाँ घोषणा गरेको हो। चीनको हुबेइ प्रान्तबाट फैलन सुरु भएको कोरोना विश्वका २४ राष्ट्रमा फैलिसकेको छ।
यस भाइरसले चीनमा २ सय ५९ जनाको ज्यान लिनुको साथै झन्डै १२ हजार यस भाइरसबाट संक्रमित बनेका छन्।
प्रतिक्रिया