ad ad

समाज


स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १३:५५,

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ।

गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ः०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो। चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .