ad ad

समाज


भरुवा बन्दुक र जरायोको सिङसहित दुई जना पक्राउ

भरुवा बन्दुक र जरायोको सिङसहित दुई जना पक्राउ

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १०:५५,

ईलामको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विशाल राई र ३५ वर्षीय शिवकुमार राई छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिङ फेला परपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको एपीएफले जनाएको छ।

चोरीपैठारीको सामान बरामद
यता, धनुषा जिल्लाको विदेह नगरपालिका २ स्थित ढाला चोकबाट एपीएफ टोलीले करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान तथा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भातबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो।

त्यसवेलो नेपालबाट भारततर्फ लैजाँदै गरेको करीव पाँच हजार रुपैयाँ बराबरको कस्तुरी मदिरा समेत एपीएफ टोलील बरामद गरेको छ। बरामद लत्ताकपडा तथा मदिरा एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .