ad ad

समाज


मोरङ आगलागीका थप १० घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

मोरङ आगलागीका थप १० घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १६:१, काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागीपछि कार विस्फोट हुँदा घाइते भएकामध्ये १० जनालाई मंगलबार काठमाडौं ल्याइएको छ। झापाका विभिन्न अस्पतालमा उपचाररत उनीहरूलाई नेपाली सेनाको विमानमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइएको हो। 

नेपाली सेनाकोविमानद्वारा चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइएको नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ बारगाछीस्थित दीपक काकीको घरमा आगोलागी हुँदा  पार्किङमा राखिएको कार विस्फोट भएको थियो। 

सो विस्फोटमा परेर ४ जना प्रहरी र २३ जना सर्वसाधरण गम्भीर घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई सोमबार नै काठमाडौं ल्याइएको थियो। 

उनीहरूको कीर्तिपुरस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .