ad ad

समाज


सिंहदरबार गेटनजिकै स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

आगलागीमा ३० लाखको क्षति
सिंहदरबार गेटनजिकै स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०८० सोमबार १८:१२, काठमाडौँ

माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेटनजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

उक्त दुर्घटनामा स्कुटर चालक इलाम घर भई हाल काठमाडौं महानगरपालिका–१०, थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

यसैबीच, काठमाडौं महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी भएको छ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोटनजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब १० लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .