ad ad

समाज


प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनप्रति महासंघद्वारा दुःख प्रकट

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनप्रति महासंघद्वारा दुःख प्रकट

नेपालखबर
माघ १६, २०७६ बिहिबार ८:५७,

नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व सभापति वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख प्रकट गरेको छ। विगत केही वर्षदेखि अस्वस्थ्य रहेका गुप्ताको ९२ वर्षको उमेरमा बुधबार निधन भएको हो। स्वर्गीय गुप्ताका ४ छोरा र ३ छोरी छन्।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो। उनी २०५६ भाद्रदेखि २०५८ फागुनसम्म महासंघ बाँके शाखाको सभापति भएका थिए। शाखामा हाल अभिभावकीय भूमिका निर्वाह गर्दै आएका गुप्ता पछिल्लो समय किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत थिए।

नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ बाँके शाखाले एक सक्रिय अभिभावक गुमाएको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .