ad ad

समाज


सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर

राहुल महरा


नेपालखबर
असोज २४, २०८० बुधबार १२:१९, काठमाडौँ

इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरासहित चारजनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ। 

सीआईबीले महराका छोरा राहुल महरा, सर्लाहीको राजघाट घर भइ काठमाडौंको नागार्जुन बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङ शेर्पा र र काठमाडौं बौद्धका निमा गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

तस्करले गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो। 

यो प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ। 

सीआईबीले महरालाई सुन तस्करी प्रकरणमा प्रतिवादी नबनाइ कागज गरेर उन्मुक्ति दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .