टिकटक एप विश्वमै चर्चित मनोरन्जनात्मक एप हो। यस एपमार्फत् मानिसहरु नृत्य, गायन लगायतका विभिन्न विधामा नक्कल गर्न सक्छन्।
कलात्मक र मनोरन्जनात्मक भएका हुनाले मानिसहरु यस्ता भिडियो बनाउन रुचाउँछन्। तर केही समययता टिकटक भिडियो बनाउने क्रममा मानिसहरुको ज्यान जाने गरेको समाचारहरु सार्वजनिक हुन थालेका छन्।
यसै महिना कर्नाटकका एक २० वर्षीय युवकको टिकटक भिडियो बनाउने क्रममा ज्यान गएको छ।
कुमार नाम गरेका ती युवक टिकटकमा नृत्यु गरेका भिडियो अपलोड गर्दथे। जुन महिनाको १५ तारिखमा पनि उनी नाचकै भिडियो बनाउँदै थिए।
उनले जिमन्यास्टिक गरेको भिडियो बनाइरहेका थिए। तर जिमन्यास्टिक गर्दा उनको शिर भुइँमा बजारिएपछि उनी गम्भीर घाइते भए।
८ दिनसम्म उनको अस्पतालमा उपचार भयो। तर उपचार हुन नसकेपछि यसै हप्ताको सुरुवातमा उनको मृत्यु भयो।
Shares
प्रतिक्रिया