ad ad

समाज


दूध बोक्ने ट्यांकर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

दूध बोक्ने ट्यांकर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
असोज १८, २०८० बिहिबार ५:४९, मकवानपुर

मकवानपुरको बकैयामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार धरान-चतरा सडक खण्डअन्तर्गत बकैया गाउँपालिका–५ तीनतलेमा दूध बोक्ने खाली ट्यांकर दुर्घटना हुदाँ हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो।

बुधबार हेटौंडाबाट बकैयातर्फ गइरहेको ना १ घ ५४४ नम्बरको ट्यांकर तीनतलेमा सडकबाट एक सय मिटर तल खसेको थियो। 

दुर्घटनामा सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। उपचारको क्रममा  बुधबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको छ। 

हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .