ad ad

समाज


भन्सार छलेर ल्याइँदै गरेको दुई लाख बराबरको कस्मेटिक सामान बरामद

भन्सार छलेर ल्याइँदै गरेको दुई लाख बराबरको कस्मेटिक सामान बरामद

नेपालखबर
माघ १२, २०७६ आइतबार ११:५६,

सशस्त्र प्रहरी बल (एपीफ)को टोलीले अवैध रुपमा भारतबाट नेपाल ल्याइँदै गरेको झण्डै दुई लाख बराबरको कस्मेटिक सामान बरामद गरेको छ।

शनिबार रौतहटको गौर नगरपालिका ४ स्थित कबिर चोकबाट भारतबाट नेपाल ल्याउँदै गरेको एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरी पैठारीको कस्मेटिक सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गौरबाट खटिएको एपीएफ टोलीले सो बरामद गरेको हो। बरामद सामान एपीएफ टोलीले गौर भन्सार कार्यालयमा बुझाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले माघ १२ गते करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ।

ज ८ प ५५७४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वर ईलाकाबाट बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .