ad ad

समाज


सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय

सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय

नेपालखबर
भदौ २७, २०८० बुधबार १५:८, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।

भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।

रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो। अरु भने अहिले पनि हिरासतमै छन्। तर उनीहरुविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो।

हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।

फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .