ad ad

समाज


स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एक भारतीय पक्राउ

नेपालखबर
भदौ २७, २०८० बुधबार ६:१२, बाँके

बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।  

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ। 

भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदले साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ। मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख कायम गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .