उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेट (बीपीएच)को शल्यक्रिया गरिएको छ।
बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको जंगी अड्डाले जनाएको छ।
अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो।
शल्यक्रिया पश्चात अस्पतालकै वार्डमा रहेका मन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जंगी अड्डाले जनाएको छ।
66
Shares
प्रतिक्रिया