भक्तपुरमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवाको मृत्यु भएको छ।
चाँगुनारायणमा बा ६७ प ४८७१ मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका २० वर्षीय गणेश वयलकोटीको ज्यान गएको हो।
बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया