ad ad

समाज


चार दिनदेखि बेपत्ता गुल्मपति शर्माको अवस्था अझै अज्ञात

चार दिनदेखि बेपत्ता गुल्मपति शर्माको अवस्था अझै अज्ञात

नेपालखबर
भदौ १३, २०८० बुधबार ८:४९, काठमाडौँ

डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डितको अवस्था अझै अज्ञात छ। पण्डित चार दिनदेखि बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार दिउँसो ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्किएपछि सम्पर्कमा छैनन्।

सेनानी पण्डित आइतबार साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो। 

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए।  

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले पनि खोज्न समस्या भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .