ad ad

समाज


सिन्धुलीको हत्याखोलामा गाडी खस्दा दुई जना घाइते

सिन्धुलीको हत्याखोलामा गाडी खस्दा दुई जना घाइते

नेपालखबर
भदौ १२, २०८० मंगलबार १७:५६, काठमाडौँ

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ रतनपुरस्थित मदन भन्डारी राजमार्गमा गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको विद्युत प्राधिकरण केरन सबस्टेशन मोरङको बीएबी३३१४ नम्बरको हाइलक्स गाडी मंगलबार अनियन्त्रित भई सडकबाट अन्दाजी १० फिट तल हत्याखोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक महोत्तरीको भङ्गाह–८ का ४० वर्षीय बैजनाथ राउत र सोही गाडीमा सवार रौतहटको मौलापुर–३ का५० वर्षीय दर्शन राय यादव घाइते भएका प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ। गाडी दुर्घघटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .