ad ad

समाज


ठगीको आरोपमा दुईविरुद्ध जाहेरी दर्ता

ठगीको आरोपमा दुईविरुद्ध जाहेरी दर्ता

नेपालखबर
माघ ८, २०७६ बुधबार १६:२,

डडेल्धुरामा ठगी गरेको आरोपमा दुई विरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ।

ठगी गरेको भन्दै कञ्चनपुर जिल्ला घर भई एग्रिकल्चर संस्था काठमाडौ‌को सिनाम‌ंगल शाखा प्रबन्धक गणेशदत्त भट्ट र एशोसिएशन अफ एग्रिकल्चर डडेल्धुरा शाखाका प्रमुख कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराह कलुवापुर बस्ने जयन्द्र सार्की गरी दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ठगी जाहेरी दर्ता भएको मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक करवीरसिंह ऐरले जानकारी दिए।

उनीहरुलाई एक गैरसरकारी संस्थाले किसान र कर्मचारीको रु २१ लाख बढी रकम लिएर फरार भएको आरोप लगाएको प्रहरीले जनाएको छ। एशोसिएशन अफ एग्रिकल्चर नामक संस्थाले डडेल्धुरामा शाखा विस्तार गरी कृषक समूह बनाएर रकम संकलन गरेको र सो संस्थामा आबद्ध कर्मचारीलाई पारिश्रमिकसमेत नदिइ फरार भएको संस्थाका कर्मचारीको भनाइ छ।

आठ कर्मचारीको पारिश्रमिक र कृषकलाई बीउबिजन तथा अनुदान र सस्तो ब्याजमा ऋण दिने गरी लिएको जम्मा रु २१ लाख ७२ हजार ५०० लगेर एक वर्षदेखि दुई जना नै सम्पर्कमा नआएको जाहेरीमा उल्लेख गरिएको प्रहरी नायब निरीक्षक ऐरले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .